५ चैत्र २०८२, बिहीबार
Follow Us

सुनको मूल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

नेपालब्रिटेन संवाददाता
५ चैत्र २०८२, बिहीबार ०५:५८

काठमाडौं । नेपाली बजारमा निरन्तर उकालो लागिरहेको सुनको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ४ सय रुपैयाँले घटेको हो ।

महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमध्येको एक प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यसैगरी, १० ग्राम सुनको मूल्यमा पनि उल्लेख्य कमी आएको छ । महासंघले आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार १७५ रुपैयाँ कायम गरेको छ ।

सुनसँगै चाँदीको भाउमा पनि ओरालो लागेको छ । बिहीबार चाँदीको मूल्य तोलामा १४० रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको