१६ बैशाख २०८१, आईतवार
Follow Us

कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु, २४४० संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
१९ आश्विन २०७७, सोमबार १२:१४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २४४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ११३३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ ।

उपत्यकामा आज १५३१ जना संक्रमित
आज काठमाडौं उपत्यकामा १५३१ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा ११७८ ललितपुरमा २५० र भक्तपुरमा १०३ जना संक्रमित थपिएका हुन् । देशभर संक्रमित मध्य पछिल्लो समय देनिक ६० प्रतिशत भन्दा बढी काठमाण्डौमा मात्रै संक्रमित देखिरहेका छन् । जनघनत्व अत्याधिक रहेका कारण उपत्यका कोरोना संक्रमणको उच्च जोखिमतिर अघि बढेको हो ।

यही चिन्ताका कारण सरकारले अत्यावस्यक काम बाहेक ६० वर्ष माथिका नागरिकलाई घरबाट बाहिर ननिस्कन अपील गरीरहेको छ भने उपत्यका नआउन पनि सर्वसाधारणलाई अपील गर्दै आएको छ ।

आज देशभर १३ हजार ७८१ जनामा गरिएको परीक्षणमा २४४० जना संक्रमित फेला परेका छन् । यो सगैँ कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यी मध्य सक्रिय संक्रमित २३ हजार ५०७ जना रहेका छन् ।

आज ११ सय ३३ जना कोरोनामुक्त
सोमबार ११ सय ३३ जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज ११ सय ३३ जना कोरोना मुक्त भएसंगै देशभरबाट ६५ हजार २ सय २ जना कोरोना मुक्त घइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सम्म २३ हजार ५ सय ७ जना सक्रिय संक्रमित संक्रमित रहेका छन् । यस्तै हाल देशभर ११ हजार १ सय ९१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । यस्तै हाल सम्म १२ हजार ३ सय १६ जना होम आइसोलेशनमा रहेका छन् ।