२३ बैशाख २०८१, आईतवार
Follow Us

नेपाली कांग्रेसमा ‘गरिखाने’ अभियान

नेपालब्रिटेन डट कम्
१५ माघ २०७७, बिहीबार १८:३१

कांग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने’ अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको लगानी पूर्वाधार रोजगारी विशेष उपसमिति संयोजक रहेका चौधरीले गरिखाने अभियान अगाडि बढाउन लागेका हुन् । नेपाली जनतालाई गरिखाने बाटोमा लैजाने र पछि उनीहरूलाई हुनेखाने बनाउने योजना रहेको उद्योगी चौधरीले बताए ।

वीरगन्जमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले नेपालीको जीवनस्तर रूपान्तरण गर्ने गरी गरिखाने योजना ल्याइएको बताए । कोभिडको व्यावहारिक कठिनाइसँगै अर्थतन्त्र र नेपाली आमजीवनमा पारेको प्रभावको विश्लेषण गर्दै यो अभियानले निकास दिने लक्ष्य राखेको उनले बताए ।