२१ असार २०८३, आईतवार
Follow Us

नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिन्छैं : गगन थापा

नेपालब्रिटेन संवाददाता
१९ माघ २०७८, बुधबार ०४:३१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिन भित्रै नेपाल विद्यार्थी संघको महाअधिवेशन गराउनेबारे पार्टीले आवश्यक निर्णय लिने बताउनु भएको छ । महामन्त्री थापाले यही हप्ताको शुक्रबार पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने तयारी भएको र त्यसले नेविसंघको महाधिवेशनबारे आवश्यक निर्णय लिने बताए ।

महाधिवेशन सम्पन्न गराउने वातावरण बनाउने काममा लाग्न उनले नेविसंघका नेता, कार्यकर्तालाई निर्देशन पनि दिए । नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तासँग पार्टी कार्यालय सानेपामा भएको भेटमा महामन्त्री थापाले नेविसंघ भित्र देखिएको समस्या समाधान गर्ने काम सोही संगठनको भएको उल्लेख गर्दै पार्टीको तर्फबाट भने त्यसका लागि आवश्यक निर्णय गर्न ढिलाई नहुने बताए ।

विगतमा पार्टीले निर्णय गर्दा पनि नेविसंघ भित्रकै समानान्तर गतिविधिका कारण यसको महाधिवेशन हुन नसकेको महामन्त्री थापाको भनाई थियाे ।

धेरै पढिएको