१८ माघ २०८२, आईतवार
Follow Us

कांग्रेस, एमाले र माओवादीलाई बेलाबेलामा नरबली चाहिन्छ

नेपालब्रिटेन डट कम्
२५ फाल्गुन २०७३, बुधबार १२:५९

anitaअनिता यादव

स्वार्थ मिल्यो भने आपसमा मिल्ने, नत्र संधै झगडा गरि रहने चलन हामी कहाँ नया होइन । सयौं बर्षदेखि शोषित पीडित जनजाति, मधेशी तथा पिछडिका बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको बेला अन्धा धुन्ध गोलि हान्न कती जायज छ त्यो एक पटक सोच्ने बेला आएको छ ।
एक चोटी काग्रेस, एमाले, माओवादी वा कुनै पनी अरु पार्टी भन्दा बाहिर बसेर सोच्नुहोस मधेसी जनताको बाच्न पाउने अधिकार हनन गरेर मधेशी सिधा साधा जनताको ज्यान बली चढाएर कसले के पाए ।मानबिय गुण हुनुपर्ने नेतामा दानबिय गुण भएपछी देश र जनता ले दुख पाउने नै भए ।

के हाम्रो समाज मा काग्रेस, एमाले, माओवादी के ब्रहा, विष्णु र महेश हो जसलाई बेला बेलामा नरबली चाहिन्छ ? अनी उनीहरु जति बेला बलि चाहिन्छ त्यति बेला मधेस तिर कुनै न कुनै बहाना बनाएर दौडनछन् । मधेस जल्ल्दा पानी हालेर आगो निभाउनु भन्दा तेल थपेर चर्को आगो बनाएर मजा लिने प्रवृति लाई अन्त्त गर्नु पर्छ ।

आफ्नो स्वार्थ को लागी चाहे दिल्ली जाऊ या चीन जाऊ तर निहथ्या मधेशी को बली नचढाउ । नहर , कुलो घोल बनाइ पानी बगाएर अन्न उत्पादन गर्ने पर्ने मधेसमा मधेसीकै रगत बगाएर राजनैतिक फाइदा उठाउने लाई इतिहासले माफ गर्ने छैन । लोकतन्त्र नाममा जनतामा काट मार गराएर कुर्शी को खेल नखेल्नुस ।

४ जना नेपाली नागरिक को मृत्यु जिम्मेवार कसले लिने ? नेपाली जनता ले ?, सरकार ले ?, गृह मन्त्री ले ? वा , ए माले ले? पार्टी भन्दा माथी उठी सच्चा राष्ट्रप्रेमी नेपाली भएर कमेन्ट गर्नु होला ।
अनिता पूर्व राष्ट्रपति रामवरण यादवकी छोरी हुन् ।

धेरै पढिएको