१८ भाद्र २०८२, बुधबार
Follow Us

कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८०, बुधबार १४:००

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् ।

यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो ।

मङ्गलवार सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर उनको समर्थन पनि लिएर थापा मुख्यमन्त्री भएका थिए ।

धेरै पढिएको