काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले कार्कीलाई बधाई दिएका हुन् ।
जेन–जी आन्दोलनकारीको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउने कार्यादेशसहित प्रधानमन्त्री नियुक्त गरेका थिए । अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी ग्रहण गर्नुभएकी श्रीमती सुशीला कार्कीजीलाई हार्दिक शुभकामना’, मोदीले लेखेका छन् ।
मोदीले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिको चाहनाको सम्मान गर्ने र त्यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्र्दै कार्की प्रधानमन्त्री नियुक्त हुनु स्वागतयोग्य भएको बताएको थियो ।