काठमाडौं । साढे ४ लाख घुससहित रौतहटको एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहट धरहरीको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई नियन्त्रणमा लिएको हो ।
उनले शिक्षक आवश्यकता भनी विज्ञापन खुलाएका थिए । एक जनाले रितपूर्वक दर्खास्त दिए पनि उनले बिचौलिया अरविन्द प्रकाश साहकानुमार्फत घुस लिएका थिए । अरविन्द पनि पक्राउ परेका छन् ।
अख्तियारका अनुसार उनीहरुलाई घुस लिइसकेको अवस्थामा पर्साको वीरगन्ज नगरपालिका–१३ स्थित अदालत रोडको एक होटेलबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।