काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले सामाजिक सञ्जाल र सञ्चार माध्यममा आफूले पदबाट राजीनामा दिने समाचार प्रसारित भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
मन्त्री घिसिङले पदबाट राजीनामा दिने समाचार सत्य नभएको स्पष्ट पारेका छन् । उनले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा बनेको सरकारले जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
उनले भने– ‘म तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न निरन्तर रूपमा क्रियाशील छु ।’