२९ मंसिर २०८२, सोमबार
Follow Us

एमाले निर्वाचन : आज उम्मेदवारी दर्ता

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०८२, सोमबार ००:२६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका सोमबार बिहान ८:०० बजेदेखि ९:०० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १०:०० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने, १०:१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९:०० बजेदेखि १२:०० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, बिहान १०:३० बजेदेखि १:३० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २:३० बजेदेखि ३:३० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका रहेको आयोगका अध्यक्ष डा सुब्बाले जानकारी दिए ।

सोमबार दिउँसो ३:१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३:१० बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६:०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

निर्वाचन कार्यतालिका अनुसार आगामी पुस १ गते ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान गर्ने रहेको छ । मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ ।

एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आजबिहानदेखि नै बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ ।

धेरै पढिएको