काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । सोमबार दिउँसो १ बजेलाई बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि शुक्रबार बसेको कार्यसम्पादन बैठकले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने पुस २६ को महाधिवेशन कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागसहित यसअघि नै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् ।