ब्रेकिङ न्युज

के सरकारले वेलायतका लागि नेपाली राजदूत सुवेदीलाई फिर्ता बोलाउछ ?

लण्डन। नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको तत्कालीन सरकारले अस्ट्रियाको भियनामा स्थायी नियोग खोल्ने निर्णय गर्‍यो । कांग्रेस र माओवादी गठबन्धन सरकारले पनि युरोपकै स्पेनमा दूतावास थप्यो । तत्कालीन दुई सरकारले बिनाअध्ययन गरेका यी निर्णय कूटनीतिक क्षेत्रकै ‘हचुवा’मध्येका थिए ।

खासगरी विसं ०६२ र ६३ पछि खुलेका सबै नियोग भागबन्डा मिलाउन ‘हचुवा’मा नै निर्णय लिएको कान्तिपुर साप्ताहिकमा चन्द्रशेखर अधिकारीले समाचार लेखेका छन। खासगरी युरोप, क्यानडा, खाडीकै केही दूतावासको मासिक प्रतिवेदन हेर्ने हो भने पनि काम नपाएर राजदूतहरू आराम गर्न गएको धारणा परराष्ट्र अधिकारीकै छ ।

‘तपाईंलाई भियनामा कामको बिजनेस पुग्छ रु’ संसदीय सुनुवाइ समितिमा सदस्य रहँदा प्रकाशशरण महतले अस्ट्रिया ९भियना० का लागि त्यतिबेला प्रस्तावित राजदूत प्रकाश सुवेदी ९हाल राजदूत०सँग सोधेका थिए । उनको आशय थियो, भियनामा नेपाली स्थायी नियोग आवश्यक छैन । वास्तविकता पनि त्यही हो । उनै महत परराष्ट्रमन्त्री भएका बेला युरोपकै अर्को मुलुक स्पेनमा बिनाअध्ययन दूतावास खोल्न सिफारिस गरे । यसबाट राजनीतिक नेतृत्वको कार्यशैली र अडान स्पष्ट हुन्छ । उनको त्यो निर्णयले परराष्ट्र मन्त्रालय आश्चर्यमा पर्‍यो । किन खोले स्पेनमा दूतावास रु यसको उत्तर खोज्न महतलाई नै सोध्नू परराष्ट्रका अधिकारीको जवाफ छ । मन्त्रालयले दूतावास स्थापनापछि राजदूत सिफारिस भएर एग्रिमो (सहमति) आएको ६ महिना ढिलो गरी राजदूतलाई रमाना दियो । त्यो अर्को भूल थियो ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रपतिको भारत भ्रमणको विषयलाई लिएर फिर्ता बोलाएका राजदूत दीपकुमार उपाध्याय पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पुनस् राजदूत भए । न्याय पाएको भन्दै दोस्रोपल्ट कार्यभार सम्हाल्न दिल्ली हान्निएका कांग्रेस नेता उपाध्याय पुनस् संसद्मा फर्कन एक वर्ष पनि नबसी निर्वाचन उठ्न आए । त्यहाँ अझै राजदूत नियुक्त गरिएको छैन । प्रधानमन्त्री ओलीको भारत भ्रमण आउँदो चैत अन्त्यमा हुने अवस्था छ । तर, राजदूतको पत्तो छैन । कूटनीतिक क्षेत्रको बेथिति र हचुवाका यी पछिल्ला उदाहरण हुन् । जसले हाम्रो कूटनीतिक शैली र कार्यलाई स्पष्ट संकेत गर्छ । लामो समयदेखि राजदूत नपठाउने, कर्मचारीको दरबन्दी थप्ने । एक कर्मचारीको खर्च बराबर पाँच स्थानीय कर्मचारी राख्ने सकिने भए पनि त्यता ध्यान दिँदैन, परराष्ट्र मन्त्रालय । दूतावास खोल्न र कर्मचारी थप्न अध्ययन आवश्यक हुन्छ तर त्यसो गरिएको छैन । केही गैरआवासीय नेपाली नेतालाई दूतावासमा सम्बन्ध राखेर ‘धन्दा’ गर्न र नेता त्यहाँ पुग्दा बस्ने स्थान जोहोकै लागि दूतावास खोल्नु आफैँमा दुस्खद पक्ष हो । एउटा दूतावास स्थापना गर्न सुरुमा पाँच करोडभन्दा बढी र वार्षिक सात–आठ करोड रकम खर्च हुन्छ । यसरी अध्ययनबिना खोलिएका दूतावासलाई बन्द गरी अत्यावश्यक स्थानमा राखेर बढी सक्षम बनाउनुपर्ने सुझाव मन्त्रालयमा नआएको होइन । त्यो सुझाव कार्यान्वयन त परको विषय ‘सुन्नै’समेत चाहँदैनन् मन्त्रालयका अधिकारी ।

कुनै छलफल नगरी दूतावास खोल्ने मात्र होइन, लहडमै राजदूत नियुक्ति गर्ने प्रचलन पनि हुर्किंदो छ । वर्तमान सरकारमा पनि बहसको विषय बनेको छ, राजदूत नियुक्ति । यसअघि केपी ओली नेतृत्वको सरकारले राजदूतमा २१ जना सिफारिस गरे पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारले परराष्ट्र मन्त्रालयबाट सिफारिस भएका आठ जना सहसचिवबाहेक १३ जनाको नियुक्ति गत २९ साउन ०७३ मा उल्टाएको थियो । र, पछि १२ स्थानमा राजदूत नियुक्त गरियो । राजदूत नियुक्तिको प्रसंग उठ्दा सधैँ परराष्ट्र सेवाभित्रबाट कि बाहिरबाट भन्ने प्रश्न उठ्ने गर्छ । छिमेकी चीन र भारतको अभ्यास हेर्ने हो भने त्यहाँ राजनीतिक नियुक्ति अत्यन्तै कम छ । यद्यपि, उनीहरूको करिअर र हाम्रोमा फरक छ । उनीहरू साँच्चै करिअरका नै विज्ञ र राजनीतिक हैसियतका राख्छन् तर हाम्रोमा त्यसप्रकारको विज्ञता हासिल गरेका करिअर बिरलै भेटिन्छन् ।

यदि थिए त राजदूतको पदावधि सकिएपछि उमेर भएकाहरूले पनि बाह्य क्षेत्रमा केही गरेको देखिनुपर्ने हो, त्यो देखिँदैन । कतिपय मुलुकले राजदूत नियुक्तिलाई राजनीतिक निर्वासनका रूपमा पठाउने प्रचलन छ । त्यसलाई सम्झने हो भने राजदूत विशुद्ध राजनीतिक नियुक्ति हो । अलेक्जेन्डर कोलोन्ताईलाई रुसी नेताहरूले आन्तरिक राजनीतिका कारण मेक्सिको, नर्वे र स्वीडेनमा राजदूत बनाएका थिए । हाम्रोमा पनि त्यसप्रकारको चलन नभएको होइन । तर, हामीकहाँ राजदूत नियुक्ति फिर्ता सरकार परिवर्तनपछिको एजेन्डा बन्ने गरेको छ । कुन ठीक भन्नेमा अन्योल अझै छ । कतिपय स्थानमा परराष्ट्र मन्त्रालयकाले राम्रो गरेका छन् भने कतिपय स्थानमा अन्यले । परराष्ट्र मन्त्रालयको चिन्ता दूतावास बढाउने भन्दा केन्द्र बलियो बनाउने हुनुपर्नेमा त्यो उल्टो छ । सुन्दा अचम्म लाग्ला, हाल परराष्ट्रमा कार्यरत नेपाली कूटनीतिज्ञभन्दा पश्चिमा मुलुकको एक दूतावासमा १२ जनाभन्दा बढी कूटनीतिज्ञ काठमाडौँमा काम गर्छन् ।

सरकारले विश्वास नगरेपछि आपैँm फिर्ता हुनुपर्ने स्तरको आत्मसम्मान राजदूतले राख्न सकेका छैनन् । राजनीतिक नियुक्ति फिर्ता बोलाइएको उदाहरण दिइन्छ । तर, कर्मचारीबाट गएका पनि फिर्ता भएका छन् । केदारभक्त श्रेष्ठ (अमेरिका), प्रबलशमशेर जबरा ९बेलायत०, बिन्देश्वरी शाह (भारत), मुरारिराज शर्मा (बेलायत) र पुष्करमान सिंह राजभण्डरी ९पाकिस्तान०बाट कार्यकाल नसकिँदै फिर्ता भएका थिए । बर्खास्तीमा परेकाहरू न्यून भए पनि सेवा र राजनीतिक नियुक्ति दुवैका छन् । पीसी ठाकुर, विश्व प्रधान, हमिद अन्सारी र मायाकुमारी शर्मा बर्खास्तीमा परेका थिए । कर्मचारीले राजदूतका रूपमा राम्रो काम गर्न नसक्दा फिर्ता बोलाएर महाशाखामा राख्न सक्ने छुट सरकारलाई छ । अहिले यही विषयमा छलफल र बहस चलिरहेको छ । वर्तमान सरकारले केही राजदूत फिर्ता बोलाउने र खाली स्थानमा नयाँ राजदूत पठाउने तयारी थालेको छ । जापान, इजरायल, स्पेन, कतार, बंगलादेश, म्यानमार, दक्षिण कोरिया, श्रीलंकालगायतकालाई फिर्ता बोलाउने तयारी छ । बेलायत, रुस, अमेरिका र अन्य केहीका राजदूत मुलुक परिवर्तन गर्ने गृहकार्यमा सरकार छ । राजदूत सिफारिस सोचेर गर्न आवश्यक रहेको सुझाव आइरहेको अवस्थामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसमा काम गर्ने सोच बनाएका छन् ।

मन्त्री ज्ञवालीले अहिले भएका सबै दूतावासको तीनपटकको समीक्षा (प्रतिवेदन) अध्ययन गरी त्यहाँ कस्ता व्यक्ति योग्य हुन्छन् भन्ने सोच्न आवश्यक रहेको भन्दै आफैँले अध्ययन थालेका हुन् । मन्त्रालयका कर्मचारीले अधिक राजदूत परराष्ट्र सेवाबाट हुनुपर्ने अडान राखे पनि यस्तो अडान उपयुक्त र राम्रो नभएको राजनीतिक नेताहरूको भनाइ रहने गर्छ । राजनीतिक तह, प्राध्यापन, अन्य मन्त्रालय, स्वतन्त्र र सञ्चार क्षेत्रमा कार्यरत व्यक्ति पनि अब्बल रहेको उनीहरू बताउँछन् । परराष्ट्रबाट गएकाले उदाहरणीय काम गरेको सोध्ने हो भने सायदै होलान् । युरोपेली मुलुकका विकास परियोजना हेर्ने अधिकारीले पंक्तिकारसँग भने, “कर्मचारी राजदूत भएर आए हामीलाई त सहज हुन्छ तर मुलुकको हित नै चाहने हो भने विज्ञता हासिल गरेका र साँघुरो घेराबाट बाहिरिएका व्यक्ति पठाउँदा राम्रो हुन्छ ।” मन्त्रालयमा विज्ञता हासिल गरेका करिअर कूटनीतिज्ञ निकै थोरै रहेका र महाशाखा चहार्दैमा विज्ञ नभइने ती अधिकारीको धारणा छ ।
लामो संघर्षपछि स्वतन्त्र भएका मुलुकले आफ्नो अस्तित्वका लागि विश्वभर दूतावास खोल्छन् भने आर्थिक रूपमा सबल भएका मुलुकले विश्व राजनीतिमा प्रवेशका लागि दूतावास खोल्छन् । नेपालका लागि यो आवश्यक भने देखिँदैन । भएकै दूतावासको मासिक मूल्यांकन हेरेर साँच्चै आवश्यक पर्ने स्थानमा गतिलो उपस्थितिसहितको दूतावास राख्दा राम्रो हुनेछ । नेपालले १ सय ५८ मुलुकसँग कूटनीतिक सम्बन्ध कायम गरेको छ । मुलुक सम्पन्न हुँदै विश्व राजनीतिमा समेत वर्चस्व राख्न खोज्छ भने सबैमा दूतावास स्थापना गरे हुन्छ । राजदूत नियुक्ति प्रक्रिया अघि बढाउँदा कसैलाई भाग नपुग्ने डरभन्दा पनि केही दूतावासलाई गाभेर बलियो उपस्थितिका लागि मन्त्रालयको महाशाखा चुस्त बनाउन आवश्यक छ । जुन सुझाव विभिन्न क्षेत्रबाट आए पनि विदेश पोस्टिङको लोभले कार्यान्वयनमा जान सकेको छैन ।

बिनातयारी दूतावास स्थापना गर्दा केही नेता र कर्मचारीलाई भागबन्डा गर्न सजिलो होला तर यसले मुलुकलाई दीर्घकालीन असर गर्छ । भारत, युनाइटेड अरब इमिरेट्स, मलेसियामा राजदूत खाली छन् भने न्युयोर्कस्थित अस्थायी नियोगमा पनि अर्को व्यवस्था नभएसम्म भनी अडिएका कामचलाउ राजदूत छन् र जेनेभा नियोग पनि खाली हँुदैछ । खाली नहुँदै राजदूत सिफारिस हुनु राम्रो हो । स्थान तय गरी त्यो स्थानका लागि उपयुक्त पात्र नै पठाउने गरी राजदूत नियुक्ति गर्न आवश्यक छ । योग्यता र क्षमतालाई आधार बनाएर राजदूत नियुक्त गर्न सक्नुपर्छ । उच्चस्तरीय कार्यदलले दिएको सुझावमा समेत यस्ता विषय रहेका छन् । सन् १९३४ मा बेलायतमा दूतावास खोलेर औपचारिक कूटनीतिक अभ्यास थालेको नेपालले त्यसपछि छिमेक हुँदै अहिले ३० मुलुकमा दूतावास खोलिसकेको छ । यस्तै, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग छ भने चार मुलुकका ६ सहरमा कन्सुलेट जनरल महावाणिज्य दूतावासको कार्यालय स्थापना गरिसकेको छ । नेपालका विश्वभर ३९ औपचारिक कूटनीतिक नियोग छन् ।

०६२ र ६३ को जनआन्दोलनपछि सरकारले खोलेका दर्जनभन्दा बढी दूतावासको औचित्य अझै पुष्टि हुन सक्ने प्रकारको छैन । नेपालले यस्तै औचित्य पुष्टि गर्न नसक्दा सन् १९६० को दशकमा इटालीको रोम र १९७० को दशकमा तेहरानमा रहेको आवासीय दूतावास स्थापनाको छोटो समयमै बन्द गरेको थियो । नेपालमा खुलेका दूतावास पनि बन्द हुने र उपस्थिति घटाउने काम हुँदै गएका छन् । इतिहास पल्टाउने हो भने विशेष दूत पठाउने चलन मल्लकालदेखिकै हो । विश्वमा सन् १४५५ बाटै कूटनीति अभ्यासमा आएको भए पनि कंग्रेस अफ भियनाले सन् १८१५ मा कूटनीतिक पदको परिभाषा गरेको हो । अहिले यो परिभाषा निकै परिमार्जन भएको छ । एक देशमा राजदूत भएकाहरू अर्कोमा उप–प्रमुख भएर जान सक्छन् । राजदूतमा तह कायम गर्न यस्तो गरिन्छ ।