ताजा खबर

कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य कर्मा घलेकी माता यान्खु घलेको निधनप्रति दुःख व्यक्त गरेको छ।

कांग्रेस संसदीय दलको कार्यालयले बुधबार  विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गरेको हो।  निधनप्रति दुःख व्यक्त गर्दे कांग्रेसले  दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।

यान्खुको ८२ वर्षको उमेरमा यही साउन १९ गते निधन भएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अन्नपूर्ण पोष्ट

About the author
nepalbritain news

nepalbritain news