पत्रपत्रिकाबाट

नेपाली भूमि अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चालोस्: नारायणकाजी श्रेष्ठ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालका भूमि अतिक्रमणविरूद्ध सरकारले तुरून्तै कदम चाल्नुपर्ने बताएका छन्।

भारतले अनधिकृत रूपमा कब्जा गरेको र आफैंले समेत विवादित भनेर स्वीकार गरेको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा सडक बनाएर शुक्रबार उद्घाटन गरेकोमा उनले आपत्ति जनाएका छन्।

‘नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु,’ श्रेष्ठले ट्वीट गर्दै भनेका छन्।

कोरोनाविरूद्ध लडिरहेको अवस्थामा गरिएको अतिक्रमणविरूद्ध सरकारले तुरून्त कदम चाल्नुपर्ने उनको भनाइ छ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक निर्माण गरी शुक्रबार उद्घाटन गरेको थियो।

सेतोपाटी

About the author
nepalbritain news

nepalbritain news