ताजा खबर

खनाल-नेपाल समूहले बोलायो चैत ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं । नेकपा एमालेका झलनाथ-माधव समूहले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको बसेको भेलाले केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य हुने भन्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।

बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो । नेता भीम रावलका अनुसार भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको हो ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता