ताजा खबर
माओवादी केन्द्रका मन्त्रीहरूलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन
काठमाडौं । स्थायी कमिटी बैठकले माओवादी केन्द्रका मन्त्रीहरुलाई २४ घन्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ । शनिबार माओवादी केन्द्रकाे कार्यालय पेरिसडाँडामा बसेकाे स्थायी कमिटी बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बाेलाउने निर्णय गरेकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
माओवादी केन्द्रबाट अहिले सरकारमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उर्जा, जलश्राेत तथा सिंचाइमन्त्री टाेपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सहरी विकासमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गाैरीशंकर चाैधरी सरकारमा सहभागी छन् ।
यस्तै, चैत्र २ गतेदेखि हुने भनिएकाे राष्ट्रिय प्रशिक्षण भेला हाललाई स्थगित गरिएकाे जानकारी दिए । केन्द्रीय कमिटी बैठक भने भाेलिदेखि सुरू हुने प्रवक्ता श्रेष्ठले बताए ।

