१६ असार २०८१, शनिबार
Follow Us

माओवादी बैठक स्थगित, प्रचण्डले जवाफ दिने

नेपालब्रिटेन संवाददाता
२१ असार २०७९, मंगलवार ०४:४८

काठमाडौं । माओवादीको केन्द्रिय समितिको विस्तारित बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ बजेसम्मलाई स्थगित गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सहयोगी सूर्य किरण शर्माले जानकारी दिए ।

गत आइतवारवाट सुरु भएको केन्द्रिय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथि केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको थियो । ९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रिय सदस्यहरुले केन्द्रिय नेतृत्वमाथि प्रश्न गरेका थिए ।