९ बैशाख २०८१, आईतवार
Follow Us

काँग्रेसले गर्‍यो गृहमन्त्री लामिछानेलाई संसद्को रोस्टममा जान नदिने निर्णय

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८०, मंगलवार १४:०१

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले संसद् बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको हो ।

काँग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ । तर, काँग्रेसले गृह मन्त्रीलाई बोल्न नदिने पार्टीका एक नेताले जानकारी दिए ।

यदि भोलिकै बैठकमा गृहमन्त्रीले बोल्ने कार्यसूची तय भएमा महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसको तर्फबाट भनाइ राख्ने र संसद् अवरुद्ध गर्ने तयारी गरिएको ती नेताको भनाई छ ।

आज बसेको बैठकमा इलाम-२ को उपचुनावमा उम्मेदवार चयन गर्ने विषयमा छलफल हुन सकेन । उम्मेदवार चयन गर्न भोलि २ बजे फेरि बोर्ड बैठक डाकिएको छ ।