२९ असार २०८२, आईतवार
Follow Us

पत्रकार महासंघ यूकेको नयां निर्वाचन हुने, परिचयपत्र लुकाइयो

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०८१, आईतवार ०७:४५

लण्डन । नेपाल पत्रकार महासंघ यूकेको नयाँ कार्यसमितिको लागि निर्वाचन हुने भएको छ ।

नेपाल पत्रकार महासंघ यूके अधिवेशन तयारी समितिले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघद्वारा २०८१–०५–१६ (१ सेप्टेम्बर २०२४) मा जारी विज्ञप्ति अनुसार नेपाल पत्रकार महासंघको निर्वाचन २०८१ असोज ५ ९सेप्टेम्बर २१, २०२४० मा सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको बेलायतस्थित नेपाली जनसमुदायलाई जानकारी गराएको छ ।

विज्ञप्तिमा ‘बेलायतस्थित नेपाली समुदायलाई भ्रमित पार्ने उद्देश्यले गत जुलाइ १४, २०२४ मा फर्जी निर्वाचनको नाटक मन्चन गर्दै विमला सेने अध्यक्ष भएको एकल घोषणा गरी समाजलाई दिग्भ्रमित पार्दै वेलायतस्थित नेपाली सामाजिक संघसंस्था र रेष्टुरेन्टहरुमा खादामाला लगाउँदै हिडेकोप्रति नेपाल पत्रकार महासंघ बेलायत शाखाको ध्यानाकर्षण’ भएको जनाइएको छ ।

फरक मतलाई अराजक भन्दा सेने विवादमा
विज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघ यूकेकी सदस्य विमला सेनेले लण्डनस्थित एक रेष्टुरेन्टमा आयोजित कार्यक्रम पत्रकारहरुलाई ‘अराजक समूह’ भनी दिएको अभिव्यक्तिको भत्सना गरिएको छ ।

विज्ञप्तिमा, ‘यही विहिवार ९ ५ सेप्टेम्बर २०२४० का दिन लण्डनस्थित गोल्डेनसिप रेष्टुरेन्टमा केही पत्रकारलाई सम्मान गर्ने नाममा नेपाल पत्रकार महासंघ यूके शाखाको व्यानर र लोगो दुरुपयोग गर्दैै शाखाकी सदस्य बिमला सेनेले बेलायतका सकृय पत्रकारहरुलाई ‘अराजक समूह’ भनि लगाएको गम्भिर आरोपको खण्डन र भ्रत्सना गर्न उल्लेख’ छ।

‘बेलायतमा नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ बेलायत शाखाको सदस्यता वितरण प्रकृया र फर्जी निर्वाचनका सम्बन्धमा शाखाका सदस्यहरुले लोकतान्त्रीक र वाक स्वतन्त्रताको प्रयोग गर्दै असहमति राख्नु स्वभाविक विषय हो। तर यसलाई अतिरन्जित गर्दै पत्रकारिता पेशालाई समेत धमिलो पार्दै हिड्नु अशोभनीय काम भएको हुदाँ त्यस्ता गतिविधिहरु तत्काल रोक्न अनुरोध गरिन्छ ।’

परिचयपत्र लुकाइयो, आर्थिक हिनामिनाको आशंका
विज्ञप्तिमा नेपाल पत्रकार महासंघले वेलायत शाखाका सदस्यहरुको परिचयपत्र पठाए पछि शाखाका पदाधिकारीहरुको मिलामोतोमा परिचयपत्र लुकाएर राखिएको जनाइएको छ ।

विज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघ यूके शाखाका केही पूर्वपदाधिकारीहरुले शाखाका सदस्यहरुको परिचय पत्रलाई लुकाउने, आफू खुशी बाड्ने र शाखाका सदस्यहरुले तिरेको सदस्यता शुल्कको दुरुपयोग गर्दै परिचयपत्र, प्रेस ज्याकेट, झण्डा, व्याच आदी बनाएर मेलाहरुमा पुगेर दुरुपयोग गरिएको देखिएको’ उल्लेख ।

स्मरणरहोस्, तमुधीं यूकेको आयोजनामा गत अगष्ट महिनामा सम्पन्न नेपाली मेलामा पत्रकारहरुको एउटा समूहले नेपाल पत्रकार महासंघ यूकेको लोगो तथा झण्डा प्रयोग गर्दै मेलामा फोटो सेसन गरे पछि पत्रकारहरुको आलोचना भएको थियो ।

विज्ञप्तिमा, ‘आगामी दिनमा शाखाका पूर्वपदाधिकारीहरुले आर्थिक अनिमियता र अख्तियारीको दुरुपयोग गर्दै गरेका अनियमितामाथि छानविन गरिने पनि सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

साथै, नेपाल पत्रकार महासंघ केन्द्रको निर्वाचन पछि केन्द्रको निर्णय अनुसार बेलायत शाखाको निर्वाचन हुने समेत जानकारी गराइन्छ । नेपाल पत्रकार महासंघ बेलायत शाखाको नयां निर्वाचन भएको भन्दै आउने पदाधिकारीहरुलाई केन्द्रबाट कुनै मान्यता प्राप्त नभएको समेत स्पष्ट पारिएको छ’।

नेपाल पत्रकार महासंघको जेठ २३ गते (जुन ५ २०२४) को परिपत्र अनुसार नेपाल पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन स्थगित गरे पछि शाखाका पूर्वअध्यक्ष नरेश खापांगी मगरको संयोजकत्वमा रहेको निर्वाचन समितिले एउटै उम्मेदवारले सतप्रतिशत मतप्राप्त गरेको भन्दै नयां कार्यसमितिलाई टिका लगाइदिए पछि शाखामा विवाद सुरु भएको हो । शाखामा जम्मा ४० जना सदस्यहरु रहेका छन् । महासंघको केन्द्रको पत्र बमोजिम नयाँ निर्वाचन गर्न शाखाका सदस्यहरुले बरिष्ठ उपाध्यक्ष दिनेश परियारलाई संयोजक तोकेका छन् ।

धेरै पढिएको