लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी अष्ट्रेलिया जाने भएका छन् ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आयोजनामा पर्थमा आयोजना हुने नेपाली मेला (नेपाल फेस्टिवल) मा सहभागी हुन डा. केसी यसै साता अष्ट्रेलिया जान लागेका हुन् ।
संघका अनुसार डा. केसीले अष्ट्रेलियास्थित गैरआवासीय नेपालीहरुसंग विभिन्न शहरमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुने भएका छन् ।
डा. केसी १४ सेप्टेम्वर शनिवार, मा पर्थमा आयोजना हुने नेपाली मेलामा सहभागी हुने छन् भने उनले २१ सेप्टेम्बरमा गैरआवासीय नेपाली युवा भेलालाई सम्बोधन गर्ने भएका छन् ।
यस्तै, उनले २२ सेप्टेम्वरमा गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको वार्षिक साधारणसभाको उद्धघाटन गर्ने भएका छन् ।
डा. केसीको भ्रमणमा गैरआवासीय नेपाली संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राई र सचिव टिका गुरुङ समेत सहभागी हुने छन् । डा. केसी, मेलवन, सिड्नी, क्यानवेरा लगायतका शहरमा आयोजित कार्यक्रममा सहभागी हुने बताइएको छ ।
नेपाल फेस्टिवलमा नेपालका पुर्व उपप्रधानमन्त्री रघुविर महासेठ, पुर्वराजदूत लक्की शेर्पालगायतको सहभागिता हुने जनाइएको छ ।
नेपाल फेष्टिभल पर्थ २०२४ लाई सफल बनाउन घिमिरे सहितको एनआरएन वेष्टर्न अष्ट्रेलियाको टिम सक्रियताका साथ लागेको छ । नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलिया सहित विभिन्न संस्था, क्लब र व्यवसायीहरु समेत फेस्टिवलको सफलताको लागि क्रियाशिल रहेका छन् ।
फेस्टिवललाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।
नेपाल फेस्टिवलमा सहभागी हुन अष्ट्रेलियाका विभिन्न राज्यबाट एनआरएनका अभियन्ताहरु, सामाजिक व्यक्तित्व, नेपाली समूदायका अगुवाहरु पनि आउने तय भएको छ ।
फेष्टिवलाई वेष्टर्न अष्ट्रेलिया बहुसांस्कृतिक मन्त्रालय, सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने अजी फाईनान्स एण्ड होम लोनले मुख्य प्रायोजन गरेको छ ।