काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि यूके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की रहेको प्रहरीले जनाएको छ ।
कार्कीलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनी ईडीयू सर्च नेपालका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।
८ जना युवाहरूबाट उनले ४३ लाख रुपैयँ ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको र आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।