२० बैशाख २०८३, आईतवार
Follow Us

श्रीलंकाका चर्च र पाँचतारे होटलमा बिस्फोट, कम्तिमा २० को मृत्यु

nepalbritain news
८ बैशाख २०७६, आईतवार ०७:२२

श्रीलंकाको राजधानी कोलोम्बोमा आइतबार बिहान चर्च र पाँचतारे होटलहरूमा बिस्फोट भएका छन्। श्रृंखलावद्ध रूपमा भएका बिस्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ भने झन्डै तीन सय जना घाइते भएको श्रीलंकाली सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समयअनुसार पौने ९ बजेतिर कोचिकाडेको सेन्ट एन्थोनी चर्च र कटुवापिटियाको सेन्ट सेवास्टिएन्स चर्चमा इस्टर मनाइरहेका क्रिश्चियन धर्मालम्बीलाई लक्षित गरी बिस्फोट गराइएको हो। इस्टर सन्डे क्रिश्चियनहरूको ठूलो चाडमध्येको एक हो।

लगभग उस्तै समयमा दुई ओटा पाँचतारे होटलमा पनि बिस्फोट भएको जनाइएको छ। राजधानी कोलोम्बोस्थित होटल सांग्रिला र सिनामोन ग्रान्ड होटलमा बिस्फोट भएको हो। प्रहरीले विभिन्न ६ ठाउँमा एक साथ बिस्फोट भएको जनाएको छ।

बिस्फोटबाट परी ज्यान गुमाउने र घाइते हुनेमा विदेशी पर्यटक पनि रहेको बताइएको छ।
सेतोपाटी डट कम

धेरै पढिएको