२८ बैशाख २०८१, शुक्रबार
Follow Us

सन्राइज बैंक लिमिटेड र अष्ट्रेलियास्थित रोयल रेमिटबीच अनलाइन रेमिट्यान्स सम्झौता

नेपालब्रिटेन संवाददाता
२२ असार २०७७, सोमबार ०६:४७

काठमाडौं । सन्राइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित एभरेस्ट पिटीवाइ लिमिटेडद्वारा सञ्चालित रोयल रेमिटमार्फत् अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता अनुसार अष्ट्रेलियामा रहनु भएका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपालमार्फत पैसा पठाउँदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।

रोयल रेमिट नेपालमार्पmत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सन्राइज बैंक लि. का देशभर रहेका १ सय ३० शाखाहरु तथा बैंकका देशभरि छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भुतmनी लिन सकिने सनराइज बैंक लिमिटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै बैंक खातावालाको हकमा भने, यो सेवा सन्राइज बैंकको खातामा मात्र सिमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सन्राइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंक विश्वस्त छ ।