काठमाडौं । चैत्र ११ बाट जारी लकडाउन अन्त्य भएको छ । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन मंगलबारबाट अन्त्य भएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी गराएका छन् ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् । साउन १५ बाट होटल पनि खुल्ने भएका छन् । तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने जानइको छ ।
ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सरकारले भदौ १ गतेबाट लागू हुने गरी विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ। यस्तै भदौ १ बाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका क्रियाकलाप पनि संचालन गर्ने निर्णय सरकारले गरेको छ।
लामो दूरीको सार्बजनिक यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएको छ । सरकारले लामो दूरीको यातायात भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा। युवराज खतिवडाले जानकारी दिएका छन् ।सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।