२२ बैशाख २०८१, शनिबार
Follow Us

मन्त्री लेखराज भट्टलाई बझाङबाट आयो टाउको काट्ने धम्की

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०७७, बिहीबार १०:१२

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले बझाङबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) को पक्षमा लागेमा टाउको काट्ने धम्की आएको बताए । मन्त्री भट्टले एमसिसीको पक्षमा मतदान गरेमा बझाङबाट फोनमा टाउको काट्ने धम्की आएको उल्लेख गरे । मन्त्री भट्टले आफूले एमसिसी सम्झौता पढेको छ भनेर सोध्दा पढ्ने जिम्मा आफ्नो नभएको तर पास नगर्ने भनेपछि नगर्ने भन्ने जवाफ दिएको समेत बताए ।