१६ असार २०८१, शनिबार
Follow Us

क्वारेन्टिनमै करेन्ट लागेर २३ वर्षीया युवतीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७७, बुधबार ०९:३३

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ मौरीफाँटाकी २३ वर्षीया युवती राधादेवी ओडको क्वारेन्टिनमै करेन्ट लागेर मृत्यु भएको छ । मंगलबार गौरीफण्टा नाका हुँदै नेपालआएर गाउँकै क्वारेन्टिनमा बसेकी राधाको नुहाउने क्रममा विद्युतीय करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मौरीफाँटामा रहेको महाकाली माविको क्वारेन्टीनमा विद्युत् जोड्न टाँगिएको अव्यवस्थित तारबाट करेन्ट लागेर घाइते उनको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आज गुलरियामा प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले मृतकका परिवारलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन् । प्रदर्शनकारीहरुले कृष्णपुर नगरपालिकाको ६ नम्बर वडा कार्यालय र गुलरिया बजार समेत बन्द गराएका छन् ।

कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले क्वारेन्टीनमा करेन्ट लागेर महिलाको मृत्यु भएको घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई नगर कार्यपालिकाबाट निर्णय गरी राहत दिइने बताएका छन् ।