१ श्रावण २०८२, बिहीबार
Follow Us

खुलामञ्चभित्र बनाइएका संरचना डोजर लगाएर हटाउन थालियो

नेपालब्रिटेन संवाददाता
५ फाल्गुन २०७७, बुधबार १०:५३

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ । खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुनर्निर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थायी रुपमा बस्दै आएका थिए ।

दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएका थिएनन् । काठमाडौँ महानगरपालिकाले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो ।

बुधबार बिहानबाट महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । महानगरले तीन दिन भित्र खुलामञ्च खाली गरिसक्ने बताएको छ । खुलामञ्च भित्र अहिले वीर अस्पताल बनाइरहेको चिनियाँ निर्माण कम्पनीको साइट कार्यालय र बसपार्क रहेको छ ।

धेरै पढिएको