२१ जेष्ठ २०८१, सोमबार
Follow Us

सरकारमा सहभागी हुन महन्थ–राजेन्द्रबाट अस्वीकार

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७८, शुक्रबार ०७:०२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष्य महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन् । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव समूहसँग भने ओलीले छलफल गरेका छैनन् ।

सरकारमा सहभागी हुन प्रस्ताव आएपनि आफूहरुको एजेन्डा सम्बोधन नभइ सरकारमा नजाने ठाकुर–महतो निकट एक सांसद्ले जानकारी दिए । जसपाको ठाकुर र महतोले ओलीको निरन्तरता चाहेकै कारण वैकल्पिक सरकार बन्न नसकेको हो ।