९ माघ २०८२, शुक्रबार
Follow Us

३ करोड ७४ लाख धरौटी बुझाएर रवि लामिछाने छुटे

नेपालब्रिटेन संवाददाता
४ पुष २०८२, शुक्रबार १३:०५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाएर छुटेका छन् । आज उनी भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा धरौटी रकम बुझाएर छुटेका हुन् । उनले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न आज रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैङ्क जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

धेरै पढिएको