२० आश्विन २०८३, मंगलवार
Follow Us

कुश्मामा बसको ठक्करबाट एकजनाको मृत्यु

nepalbritain news
२६ माघ २०७६, आईतवार ०९:०९

पर्वत सदरमुकाम कुश्माबजारस्थित शिवालय चोकमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मुस्ताङबाट पोखराका लागि छुटेको ग१ख ७००३ नम्बरको बसले ठक्कर दिँदा पर्वतकै मोदी गाउँपालिका-४ लेस्पार घर भएका ३४ वर्षीय डिलबहादुर थकालीको मृत्यु भएको हो। गम्भीर घाइते बनेका थकालीलाई उपचारको लागि पर्वत अस्पताल लगिएको भए पनि केहीबेरमै चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी, प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए।

धेरै पढिएको