१९ जेष्ठ २०८१, शनिबार
Follow Us

भारतमा करिब डेढ लाख जनामा कोभिड-१९ का नयाँ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२५ पुष २०७८, आईतवार ०४:०७

विगत २४ घन्टामा भारतमा १ लाख ४२ हजार कोभिड १९ का नयाँ संक्रमित थपिएका छन् । यस अवधिमा कोरोनाका कारण २५८ जनाको मृत्यु भएसँगै भारतमा कोभिडका कारण मृत्यु हुनेको संख्या ४ लाख ८३ नाघेको छ ।

यसैगरि विश्वभर कोभिड १९ बाट संक्रमितको संख्या ३० करोड नाघेको छ । विगतमा ५ महिनामा पछिल्लो १० करोड संक्रमित थपिएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

यससँगै कोभिड १९ विरुद्धको खोप वितरणमा समेत असमानता देखिएको छ । विश्वभर ६० प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको खोप लगाएपनि यसमध्ये तीन चौथाई खोप धनी मुलुकमा मात्र लगाइएको छ ।

अफ्रिका र एशियाका गरिब मुलुक अझैपनि खोप पाउनबाट वन्चित रहेकोमा स्वास्थ्यका विज्ञले चिन्ता व्यक्त गरेका छन् ।