लन्डन — बेलायतका प्रधानमन्त्री सर केयर स्टार्मरको उत्तर लन्डनस्थित निवासमा सोमबार बिहान आगलागी भएपछि प्रहरी अनुसन्धान सुरु गरिएको छ।
लन्डन फायर ब्रिगेडले बिहान १:३५ बजे आगलागीको खबर दिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। आगलागीबाट घरको प्रवेशद्वारमा क्षति पुगेको प्रहरीले जनाएको छ।
सौभाग्यवश, घटनामा कसैलाई चोटपटक भने लागेको छैन। हाल घटनास्थल वरिपरि प्रहरी घेराबन्दी गरिएको छ र अनुसन्धान जारी रहेको जनाइएको छ।
मेट्रोपोलिटन प्रहरीले एक विज्ञप्तिमा भनेको छ: “सोमबार १२ मे बिहान १:३५ बजे लन्डन फायर ब्रिगेडबाट आवासीय ठेगानामा आगलागीको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। घरको प्रवेशद्वारमा क्षति पुगेको छ, तर कसैलाई चोट लागेको छैन।”
अहिलेसम्म आगलागी कसरी भयो भन्ने स्पष्ट नभएको र अनुसन्धान अन्तर्गत रहेको बताइएको छ।