लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसल्याण्डको अध्यक्षमा शुभाससिहं थापा सर्वसम्मत चयन भएका छन्। आइतवार सम्पन्न पहिलो अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा भक्त बहादुर गुरुङ, महिला उपाध्यक्षमा संजु बस्नेत, महासचिवमा दिपश कंडेल, सचिवमा श्रीभक्त पौडेल, कोषाध्यक्षमा रुपेश विष्ट चयन भएका छन्।
त्यसैगरी, युवा संयोजकमा चेवन निरौला, महिला संयोजकमा निशा तामाङ सर्वसम्मत रूपमा चयन भएका छन्। सदस्यहरूमा नमिता बस्नेत, प्रमिला राउत, शुभास कुमार सिंह र सुपक क्षेत्री निर्वाचित भएका छन्।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद (आईसीसी) सदस्यका लागि ओमराज पौडेलको नाम प्रस्ताव गरिएको छ।
निर्वाचन आयुक्त स्वयता क्षेत्रीले नवनिर्वाचित कार्यसमितिको नाम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेकी थिइन्।
अधिवेशनले सल्लाहकारका रूपमा जनक निरौला, प्रमोद अधिकारी र प्रकाश तिवारीलाई चयन गरेको छ।
उक्त अधिवेशनमा एनआरएनए युरोप संयोजक चिरन्जीवी खड्का, उपसंयोजक रोवर्ट लिम्बु, आईसीसी सदस्य सरस्वती केसी र केन्द्रीय प्रतिनिधि चिरन शर्मा लगायतले सफलताको शुभकामना दिएका थिए।