१० माघ २०८२, शनिबार
Follow Us

नयाँ दलकाले मलाई जिउँदै माटोमा गाड्ने भनेका छन्ः ओली

नेपालब्रिटेन संवाददाता
१० माघ २०८२, शनिबार १३:३२

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले फेसबुकमार्फत आफूलाई जिउँदै माटोमा गाडिदिने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । पार्टी मुख्यालय च्यासलमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश जलाउने र बनाउनेबीचको लडाईं जारी रहेको बताए ।

‘एउटा स्टाटस हेरेको थिएँ । अहिलेको नयाँहरूले लेखेछन् । केपी ओली महत्त्वपूर्ण हुनुहुन्छ, त्यसकारण उहाँलाई मोटोमुनि गाडिदिनुपर्छ । कस्तो मति ? कस्तो बुद्धि ? कस्तो राजनीति ?’ ओलीले भने । ओलीले नयाँ राजनीतिक दलहरू नारायण गोपालको गीतजस्तै ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन केही थाहा छैन,’ भएको टिप्पणी गरे ।

धेरै पढिएको