८ जेष्ठ २०८१, मंगलवार
Follow Us

बसको ठक्करबाट नायिका महिमा सिलवालसहित २ जनाको मृत्यु

sarusaru
१ फाल्गुन २०७६, बिहीबार ०३:५८

काठमाडौं । धादिङमा बसको ठक्करबाट एक नायिकाको मृत्यु भएको छ ।

धादिङको गजुरी गाउँपालिका–२ चाम्बासमा बुधबार साँझ भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र बा ९८ प ७०५८ नम्बरको स्कुटर ठोकिँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाईते भएका नायिका महिमा सिलवाल र शर्मिला सिलवालको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी रुपक खड्काले डिसी नेपाललाई बताए ।

खड्काका अनुसार, चितवनको गीतानगर घर भएकी २२ वर्षीया महिमा सिलवालको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौँमा ज्यान गएको हो ।

प्रहरीले बससहित चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाको छ।
डिसी नेपाल