२१ बैशाख २०८१, शुक्रबार
Follow Us

पार्टी एकीकरणको तयारीमा साझा र विवेकशील

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०७७, मंगलवार ०९:४४

काठमाडौं । विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकतासम्बन्धी संयुक्त प्रतिवेदन मंगलबार दुबै दलको केन्द्रीय समितिमा पेश भएको छ । एकीकरणका लागि दुबै पार्टीले गठन गरेका राजनीतिक संवाद समितिले वार्ताका निष्कर्षसहित संयुक्त प्रतिवेदन गत असोज २९ गते पार्टीका संयोजकहरूलाई बुझाइसकेका छन्।

एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का रूपमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएका हुन् । आजै साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले आआफ्नो पार्टीको संघीय र केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्।

प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि एकीकरणको प्रक्रियाले पूर्णता पाउने ती दलको संवाद समिति संयोजकले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।