लण्डन । ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ।
गुरुङले तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई बालुवाटारस्थित सरकारी जग्गा झुक्काएर करिब १३ करोड रुपैयाँमा बेचेका थिए ।
काठमाण्डौंस्थित एनआरएनए मुख्यालय रहेको जग्गा सरकारी भए पैसा फिर्ता गरिदिने बचन गुरुङले दिएका थिए । तर पैसा फिर्ता दिने सम्बन्धी कागजमा हस्ताक्षर गर्ने बेलामा भने गुरुङ भागेका थिए ।
न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो।
आदेशपछि गुरूङ बैँक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका छन्।
अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।