२४ बैशाख २०८१, सोमबार
Follow Us

संक्रमितभन्दा निको हुनेको संख्या झण्डै तीन हजार बढी, मृत्यु संख्या पनि घट्यो

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार ११:०८

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण दरमा केही कमी आएको छ । गत २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या झण्डै तीन हजार बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २० हजार १ सय १० जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ६ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ४१ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ७८ दशमलव १ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ४७ पुगेको मन्त्रालयले जनाएको छ । काठमाडौंमा १७९६, भक्तपुरमा २१३ र ललितपुरमा ३१५ गरी गत २४ घण्टामा २३२४ जना संक्रमित भएका छन् ।