२२ भाद्र २०८२, आईतवार
Follow Us

टोपबहादुर रायमाझी पक्राउ

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०८०, आईतवार १५:५८

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनी बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ। उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो।

अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

धेरै पढिएको