१८ भाद्र २०८२, बुधबार
Follow Us

एनआरएनए यूकेको प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीबीच भेट (ज्ञापनपत्र सहित)

नेपालब्रिटेन डट कम्
२१ माघ २०८१, सोमबार ०६:१२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके भूतपूर्व गोर्खा समस्या समाधानलगायत ६ बुँदे माग समेट्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष हित काजीले गैरआवासीय नेपालीहरूको हक, हित र अधिकार सुनिश्चित गर्नको लागि आफूले संघको तर्फबाट प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएको बताए ।

उनका अनुसार ज्ञापनपत्रमा भूतपूर्व गोर्खा समस्या समाधान, गैरआवासीय नेपाली नागरिकता पूर्ण रूपमा कार्यान्वयन, एनआरएनलाई भिसा प्रावधान खारेज, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको व्यवस्थापन, दोहोरो कर हटाउन सम्झौता र सडक सुरक्षाका विषय समावेश छन् ।

शनिबार नै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले समेत प्रधानमन्त्रीलाई भेटेको छ । भेटमा तमु धीं यूकेले बेलायतमा आगामी २४ अगस्टमा आयोजना गर्ने नेपाली मेलामा उपस्थित भइदिन निम्ता समेत दिएको अध्यक्ष गुरुङले जनाएका छन् ।

ज्ञापनपत्र

धेरै पढिएको