मुख्य समाचार

अमेरिकामा हुने विज्ञ सम्मेलनमा पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथि

लण्डन । आगामी जुन १६ र १७ मा हुने एनआरएन अमेरिकाको साधारण सभा तथा विज्ञ सम्मेलनको लागि नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथि हुने भएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रिय संयोजक गौरीराज जोशीका अनुसार केन्द्रिय नेताहरु समेत सो सम्मेलनमा सहभागि हुने छन् ।
सो सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारीहरु लगायत विभिन्न देशवाट एनआरएनएका पदाधिकारीहरु सहभागिता रहने वताएको छ ।

प्रेस विज्ञप्ति

गैर आवासिय नेपाली संघ र एनआरएन राष्ट्रिय समन्वय परिषद अमेरिकाको संयुक्त पहलमा जुन १६ र १७ मा विदेशमा वसेर आफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु भएका बौद्धिक व्यक्तित्वको सहभागितामा विज्ञ सम्मेलन र त्यस लगत्तै एनआरएन अमेरिकाको साधारण सभा हुदैं छ । यी दुवै कार्यक्रममा सकृय सहभागिताका लागि हामी सवै गैर आवासिय नेपाली समुदायलाई आग्रह गर्छौ ।

यस कार्यक्रममा नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी प्रमुख अतिथि हुनु हुने छ । कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्ट, आईसीसीका पदाधिकारीहरु लगायत विभिन्न देशवाट एनआरएनएका पदाधिकारीहरु सहभागिता जनाउनु हुने छ । विदेशमा वस्ने नेपाली बौद्धिक समुदाय, सरकारका वरिष्ठ अधिकारी र एनआरएनएका पदाधिकारीहरु सम्मिलित हुने यो आफैंमा महत्वपुर्ण अवसर हो ।

नेपालको विकास र समृद्धिमा विदेशमा कार्यरत नेपाली बौद्धिक समुदाय कसरी संलग्न हुन सक्छ भन्ने विषयमा सम्मेलनको पहिलो दिन छलफल हुने छ । यस पछि एनआरएन अमेरिकाको साधारण सभा हुने छ । कयौं क्षेत्रका विज्ञहरुले यस सम्मेलनमा सहभागिता हुने सहमति जनाईसक्नु भएको छ । नेपालमा गर्न सकिने र तत्कालका आवश्यकता देखिएका स्वास्थ्य, पुर्वाधार, विकास, जस्ता क्षेत्रका विज्ञहरुले आफ्ना धारणाहरु राख्नुहुने छ । नेपाल संघिय संरचनामा प्रवेश गरिरहेको अहिलेको अवस्थामा यो सम्मेलनमा आउने विचारहरु उपयोगी हुने छन् भन्ने हाम्रो विश्वास छ ।

एनआरएन अमेरिकाको साधारण सभा नियमित प्रकृया लगायत भावी रणनीतिको योजना वनाउन महत्वपुर्ण अवसर हुने हामीले ठानेका छौं । आईसीसी र एनसीसीको संयुक्त रुपमा हुन लागेको यो कार्यक्रम आफुंमा महत्वपुर्ण छ । यसैले यस भेलामा सहभागिताका लागि हामी यहांहरु सवै नेपाली समुदायलाई आग्रह गर्छौैं ।

यस भेला एनआरएन समुदाय विच आपसी संजाल विस्तार गर्ने मौका पनि हो । यसैले पनि हामी यहांहरु सवै एनआरएन साथिहरुलाई सम्मेलनमा सहभागिताका लागि आग्रह पनि गर्छौ ।

यो सम्मेलन क्यालिफोर्निया सनफ्रान्सिस्को स्थित होटल डलव ट्रिमा हुने छ । सम्मेलनका वारेमा थप जानकारी चाहिए सम्पर्क गर्न सक्नुहुने छ ।

गौरी जोशी
क्षेत्रिय संयोजक

डा केशव पौडेल
अध्यक्ष एनआरएन अमेरिका

उमा कार्की
उपाध्यक्ष एनआरएन अमेरिका

डिल्ली भट्टराई
संयोजक विज्ञ भेला तथा आईसीसी

About the author
नेपालब्रिटेन डट कम्

नेपालब्रिटेन डट कम्