७ आश्विन २०८२, मंगलवार
Follow Us

नेकपा सांसद गुरुङ अदालतमा हाजिर

nepalbritain news
३ कार्तिक २०७६, आईतवार ०९:१२

काठमाडौं। ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि नेकपा सांसद पार्वत गुरुङ आइतबार अदालतमा हाजिर भएका छन्। नेकपाबाट दोलखाबाट प्रतिनिधिसभामा निर्वाचित गुरुङ आइतबार जिल्ला अदालत काठमाडौंमा हाजिर भएका हुन्।

दोलखाकै विरध्वज खड्काले गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले गएको असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

गुरुङ आइतबार अदालतमा हाजिर भएसँगै यो मुद्दा अगाडि बढ्ने भएको छ।
डिसी नेपाल

धेरै पढिएको