२५ कार्तिक २०८२, मंगलवार
Follow Us

रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०८२, मंगलवार १३:१०

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए ।

“यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । उनलाई सोधिएको प्रश्नमा उनले भने, “सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ।”

“म ४१ वर्षको हुन लागेँ र मलाई लाग्छ यो क्षण अन्तराष्ट्रिय खेलबाट बिदा लिन उपयुक्त हुनेछ।”

धेरै पढिएको