२६ असार २०८३, शुक्रबार
Follow Us

युद्धबिराम यता इजरायली हमलामा १०९२ प्यालेस्टाइनीको मृत्यु

नेपालब्रिटेन संवाददाता
२६ असार २०८३, शुक्रबार ०६:४३

गाजा । पछिल्लो एक दिनमा इजरायली आक्रमणमा कम्तीमा ८ प्यालेस्टिनीको मृत्यु भएको छ । गाजा क्षेत्रमा पछिल्लो २४ घण्टाभित्र भएका इजरायली आक्रमणमा परी ८ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार भग्नावशेषमुनि फसेका वा सडकमा परेका थप पीडितहरूसम्म उद्धार तथा नागरिक सुरक्षा टोलीहरू पुग्न सकेका छैनन्।

गत अक्टोबरमा ‘युद्धविराम’ लागू भएयता इजरायलको कब्जाकारी सेनाको कारबाहीमा परी कम्तीमा १ हजार ९२ प्यालेस्टिनीको मृत्यु भएको छ भने ३ हजार ५०७ जना घाइते भएका छन्।

धेरै पढिएको