१८ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हलो जोते (फोटोफिचर)

नेपालब्रिटेन डट कम्
१५ असार २०७६, आईतवार १२:००

काठमाडौं । धान दिवसका अवसरमा गृहजिल्ला गोरखा पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । भट्टराईले पालुङटारमा नगरपालिका–१ सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा पुख्र्यौली थलोमा रमाईलो राष्ट्रिय धान दिवस मनाएको जनाएका छन् ।

उनले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्नेमा जोड दिए । त्यस्तै, उनले स्वदेशमा रोजगार सिर्जना गर्नुपर्ने पनि बताएका छन् । कृषिमा आत्मनिर्भर बन्नुपर्ने पनि बताएका छन् । अघिल्लो वर्ष पनि बाबुराम गोरखा पुगेका थिए । उनले अघिल्लो वर्ष रोपाईँ कार्यक्रमपश्चात सम्बोधन गर्दै नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको विकास नै आर्थिक समृद्धिको आधार भएको बताएका थिए ।