३१ बैशाख २०८१, सोमबार
Follow Us

सिल्क एयरको विमानबाट यात्रु ओर्लिन दिइएन, प्रतिबन्धित मुलकको नागरिक ल्याइयो

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७६, शनिबार १७:५२

काठमाडौं । प्रतिबन्धित मुलुकको यात्रु लिएर काठमाडौं आएपछि सिल्क एयरको विमानबाट यात्रुलाई ओर्लन रोक लगाइएको छ ।

शनिबार साँझ सिंगापुरबाट यात्रु बोकेर आएको विमानले कोरोना संक्रमणको जोखिममा रहेको भनेर नेपालले यात्रा प्रतिबन्ध लगाएको देशका विदेशी नागरिकसमेत रहेकाले सबै यात्रुलाई विमानबाट आर्लिन विमानस्थल अधिकारीले रोक लगाएका हुन् ।

सिंगापुरबाट शनिबार साँझ आएको सो विमानलाई अहिले सिंगापुरनै यात्रुसहित फर्काउने तयारी भएको विमानस्थल स्रोतले जनाएको छ ।

सो विमान शनिबार राति ८ बजेर ३५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।