२३ कार्तिक २०८२, आईतवार
Follow Us

ट्रम्पको भिडियो सम्पादन विवादमा बीबीसीका प्रमुख कार्यकारीद्धारा राजिनामा

नेपालब्रिटेन संवाददाता
२३ कार्तिक २०८२, आईतवार १८:५७

बीबीसीका प्रमुख कार्यकारी (Chief Executive) डेबोरा टर्नेसले पनि पदबाट राजीनामा दिएका छन्।

यो घटनाक्रम बीबीसीले सोमबार निष्पक्षताबारे उठेका चिन्ताको विषयमा औपचारिक माफी माग्ने तयारीको बीचमा आएको हो। विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषणलाई बीबीसीको Panorama कार्यक्रममा सम्पादन गरिएको तरिकाले विवाद निम्त्याएको थियो।

उक्त विवाद ट्रम्पको ६ जनवरी २०२१ को भाषणका विभिन्न अंशहरू जोडेर तयार गरिएको भिडियोसँग सम्बन्धित छ। सो भिडियोमा ट्रम्पले आफ्ना समर्थकहरूसँग मिलेर अमेरिकी संसद भवन (क्यापिटल) तर्फ “fight like hell” गर्न जाने योजना बनाएको जस्तो देखाइएको थियो। उक्त डकुमेन्ट्री “Trump: A Second Chance?” शीर्षकमा गत वर्षको अमेरिकी चुनावअघि बीबीसीमा प्रसारण भएको थियो।

टिम डेवीले आइतबार दिउँसो कर्मचारीहरूलाई पठाएको सन्देशमा भनेका छन्, “राजीनामा दिने निर्णय पूर्ण रूपमा मेरो आफ्नै हो।”

उनले भने, “आजको विभाजित समयमा बीबीसीले समाजमा अनौठो मूल्य राख्दछ — यसले हामीभित्रको उत्कृष्ट पक्षलाई उजागर गर्छ। यसले बेलायतलाई एक विशेष स्थान बनाउँछ; दयालु, सहिष्णु र जिज्ञासु।”

डेवीले थपे, “अन्य सार्वजनिक संस्थानहरूसरह बीबीसी पनि पूर्ण छैन, र हामी सधैं खुला, पारदर्शी र जवाफदेही रहनुपर्छ।”

हालका बीबीसी महानिर्देशक टिम डेवी (Tim Davie) को २०२४/२०२५ आर्थिक वर्षका लागि वार्षिक जम्मा तलब £५४०,००० देखि £५४४,९९९ बीचमा रहेको छ।

धेरै पढिएको