११ पुष २०८२, शुक्रबार
Follow Us

रास्वपाको समानुपातिक सूचीमा ३८७ आकांक्षीको नाम सार्वजनिक

नेपालब्रिटेन संवाददाता
११ पुष २०८२, शुक्रबार ०६:१७

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । पार्टीको ‘प्राइमरी’ निर्वाचन प्रक्रियाका लागि शुक्रबार रास्वपाले ३ सय ८७ जना आकांक्षी उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको हो ।

पार्टीका अनुसार समानुपातिक सांसद बन्ने दौडमा सहभागी हुन कुल ४ सय १४ जनाले आवेदन दिएका थिए । प्राप्त आवेदनमध्ये आवश्यक मापदण्ड र प्रक्रिया पूरा नभएका कारण २७ जनाको नाम भने यस सूचीमा समावेश गरिएको छैन । यद्यपि, सूचीमा नाम नअटेका ती २७ जना आवेदकलाई पनि रास्वपाले निराश बनाएको छैन । उनीहरूलाई भर्चुअल (अनलाइन) माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ ।

रास्वपाले समानुपातिक उम्मेदवारका लागि आन्तरिक प्रतिस्पर्धा गर्न चाहनेहरूका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकेको थियो । यही शुल्कमार्फत पार्टीको खातामा २ करोड ७ लाख रुपैयाँ जम्मा भएको छ ।

धेरै पढिएको