काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
बैठकले संगठन विस्तार र सुदृढीकरणलाई लक्षित गर्दै जिल्ला अधिवेशन सञ्चालन गर्ने निष्कर्ष निकालेको जनाइएको छ । यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक भोलि (सोमबार) बस्ने भएको छ । उक्त बैठकमा सचिवालयले तय गरेका एजेन्डाहरू अनुमोदन गर्ने कार्यसूची रहेको छ ।