२३ बैशाख २०८१, आईतवार
Follow Us

बिहारमा चट्याङ लागेर १०७ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०४:१४

पटना । उत्तरी भारतको दुई राज्यमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । चट्याङ लागेर बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो । भारतको आपतकालीन प्रबन्धन विभागको अनुसार बिहीबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

चट्याङ लागेर कैयौँ घाइते भएका छन् । बिहारको २३ जिल्लामा चट्याङ परेको छ । बिहारमा सबैभन्दा धेरै गोपालगञ्जमा १३ जनाको मृत्यु भएको छ । मधुबनी र नबादामा आठ–आठ जनाको मृत्यु भएको छ ।

बिहारमा मुख्यमन्त्री नीतिशकुमारले मृतकका परिवारलाई चार/चार लाख रुपैयाँको राहत घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् ।